Kathmandu Press

मेयर बन्न प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा

नकपुरधाम, बैशाख ९ : मधेश प्रदेशमा रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका छन्। नगरपालिकाको...
मेयर बन्न प्रदेशसभा सदस्‍य कलामले दिए राजीनामा

नकपुरधाम, बैशाख ९ : मधेश प्रदेशमा रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका छन्। नगरपालिकाको मेयर उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएका हुन्।

पछिल्लो समय उनी जनता समाजवादी पार्टी जसपामा रहेका थिए। यस अघि उनी स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित भएका थिए।

उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताएका छन्।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्