आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा
काठमाडाैं, वैशाख ९ : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका गरेका छन्।शुक्रबार...
काठमाडाैं, वैशाख ९ : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बैंशाख ११ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदा, बिमा निर्देशिका २०७८ का प्रावधानलगायत कारण निर्माण व्यवसाय धराशायी भएका कारण आन्दोलनमा उत्रनुपरेको उनले बताए। निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको अध्यक्ष सिंहले बताए।
निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि सरकारसँग माग गरिएको उहाँको भनाइ छ। यसअघि सरकारको ध्यानाकर्षण गराई समयसीमा तोक्दासमेत माग पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको महासंघले जारी गरेको महासंघले जनाएको छ।











