थप १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, वैशाख ९ : नेपालमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा...
काठमाडाैं, वैशाख ९ : नेपालमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। त्यस्तै थप २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ८१ संक्रमित निको भएका छन्।
हाल नेपालमा २ सय ८२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











