एनआरएनएको चुनावमा उम्मेदवारी दर्ता शुल्क १० लाख
काठमाडौं, असोज २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आज हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क एक लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ।
गत ....

काठमाडौं, असोज २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आज हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क एक लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ।
गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क सात लाख ५० हजार रुपैयाँ थियो। गत महाधिवेशनभन्दा यसवर्ष दुई लाख ५० हजार बढाएर १० लाख पुर्याएको हो।
एनआरएनएकाे अध्यक्षका लागि कुल आचार्य र कुमार पन्त उम्म्दवार बनेका छन्। आचार्य कांग्रेस र पन्त नेकपा निकट हुन्। दुवै जनाले प्यानलनै बनाएर चुनावमा होमिएका छन्।
त्यस्तै, उपाध्यक्षको सात लाख, महासचिवको ६ लाख, सचिव र कोषाध्यक्षको पाँच–पाँच लाख उम्मेदवारी दर्ता शुल्क ताेकिएकाे छ। सहकोषाध्यक्षको चार लाख र महिला तथा युवा संयोजकको तीन लाख ५० हजार उम्मेदवारी दर्ता शुल्क रहेकाे छ।
एनआरएनएकाे निर्वाचनका लागि क्षेत्रीय संयोजकको तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ।
निर्वाचनमा ८१ देशबाट दुई हजार पाँच सय प्रतिनिधि सहभागी भएका छन्। उनीहरुले अध्यक्षसहित ४२ जना निर्वाचित गर्नेछन्।
याे पनि पढ्नुस् :
आचार्य र पन्तको प्यानलनै भिड्दै, कस्को प्यानलमा को?











