दाङको मस्जिदमा अज्ञात समूहको आक्रमण, नवाज पढिरहेका ८ घाइते
काठमाडौं, वैशाख ९ : दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। लमहीको स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट...
काठमाडौं, वैशाख ९ : दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। लमहीको स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए।
आक्रमणमा परि नवाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ। त्यस्तै सोही बस्नै ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएका छन्।
घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उनले बताए ।











