कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने
काठमाडाैं, वैशाख ९ : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज (शुक्रबार) बस्ने भनिएको बैठक स्थगित गरिएकाे छ।अब अर्काे बैठक भोलि (शनिबार)...
काठमाडाैं, वैशाख ९ : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज (शुक्रबार) बस्ने भनिएको बैठक स्थगित गरिएकाे छ।
अब अर्काे बैठक भोलि (शनिबार) बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेताहरुको व्यस्थताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको थियाे।
भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ।
प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











