Kathmandu Press

मदन-आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

मदन-आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

काठमाडाैं, वैशाख ९ : मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पुर्‍याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा लोकतन्त्रको उच्चतम अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्