Kathmandu Press

कांग्रेसकाे समन्वयन उपसमितिमा आठ सदस्य सदस्य थप

काठमाडाैं, वैशाख ९ : नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ।पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा...
कांग्रेसकाे समन्वयन उपसमितिमा आठ सदस्य सदस्य थप

काठमाडाैं, वैशाख ९ : नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ।

पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Hardik ivf

थप भएका सदस्यमा किरण गिरी काठमाडौँ, आनन्द सन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौँ, श्याम विश्वकर्मा सङ्खुवासभा, दिलीपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी रहेका छन्।

यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्