Kathmandu Press

प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी : वैद्य

काठमाडौं, वैशाख ९ : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अवसरवादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका...
प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी : वैद्य

काठमाडौं, वैशाख ९ : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अवसरवादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा वैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन्।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे। जनयुद्धका बेला प्रतिकृयाबादीको रक्षा कवच भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरको उनले बताए।

सामन्तवादीको रुपमा रहेको कांग्रेसलाई टेकसो लगाएर गठबन्धन सरकार बसको टिप्पणी गर्दै वैद्यले गठबन्धन सरकारले देशलाई केहि गर्न नसक्ने धारणा रारे।

पुरानो राज्यसत्ता हटाउनसँगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाइरहेको उनको भनाइ छ। त्यस्तै उनले पञ्चायतमा अन्य दललाई दमन गर्न जे कदम चालिएको थियो, अहिलेको कम्युनिष्टले त्यहि कदम चालिरहेको तर्क गरे।

वैद्यले नवप्रतिक्रियावादीसँग लड्नका लागि विचार मिल्ने कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्