Kathmandu Press

यी हुन् एमालेकाे चुनावी घाेषणापत्रमा समेटिएका ६ संकल्प

काठमाडौं, वैशाख ९ : नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि घोषणापत्र सार्वजनिक गरेको छ।नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को ७४औं...
यी हुन् एमालेकाे चुनावी घाेषणापत्रमा समेटिएका ६ संकल्प

काठमाडौं, वैशाख ९ : नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि घोषणापत्र सार्वजनिक गरेको छ।

नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को ७४औं स्थापना दिवसको अवसर पारेर अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आजै (शुक्रबार) देखि सञ्चालनमा ल्याइएको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको घोषणापत्रको सारांश एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पढेर सुनाए।

घोषणापत्रमा ‘सूर्य चिह्नमा मतदान गरौं, नेकपा (एमाले) का उम्मेदवारहरूलाई विजयी बनाऔं’ भन्दै पार्टीका तर्फबाट ६ बुँदे संकल्प गरिएको छ। जसले एमालेका उम्मेदवारहरू कस्तो हुनुपर्छ भन्ने विषयलाई समेटेको छ।  

यस्ता छन् ६ संकल्प   

१. हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन्।

२. हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियन्ता हुने छन्।

३. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमूना बन्ने छन्।

४. हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।

५. हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।

६. हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्वाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन्।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्