Kathmandu Press

ललितपुरकाे च्यासलमा सर्‍यो एमाले पार्टी कार्यालय

काठमाडौं, वैशाख ९ एमालेले आफ्नो पार्टी कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सरेको छ।नेपाल कम्यनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा...
ललितपुरकाे च्यासलमा सर्‍यो एमाले पार्टी कार्यालय

काठमाडौं, वैशाख ९ : एमालेले आफ्नो पार्टी कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सारेको छ।

नेपाल कम्यनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमबीच पार्टी कार्यालयको उदघाटन गरिएको छ।

एमालेका अध्यक्ष केपी ओलीले पार्टी कार्यालयको उदघाटन गरेका हुन्। 

एमाले पार्टी कार्यालय एक वर्षअघि मात्र धुम्बाराहीबाट थापाथलीमा सरेको थियो। थापाथलीमा ठाउँ साँघुरो भएपछि तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सारिएको एमालेले जनाएको छ।

एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन पाँच वर्षका लागि भाडामा लिएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।


 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्