Kathmandu Press

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडाैं, वैशाख ९ : नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।नेपाल कम्यनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर आज...
एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडाैं, वैशाख ९ : नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

नेपाल कम्यनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) च्यासलस्थित नयाँ पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। 

एमाले पार्टी कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आजै सारिएको हाे।

कार्यक्रममा उक्त घोषणापत्रको सारांश  एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पढेर सुनाए। उनले घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढछ भन्ने स्पष्ट योजना उल्लेख गरिएको बताए।

घोषणापत्रमा विगतमा एमाले सरकारमा रहँदा भएगरेका कामको पनि समीक्षा गरिएको उनले बताए। एमालेले केन्द्रबाट चुनावी घोषणापत्र सार्वजनिक भइरहँदा देशभरिका सबै पालिकामा चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्