सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीकाे धर्ना
काठमाडाैं, वैशाख ९ : निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा पनि राज्य मौन रहेको भन्दै निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना...
काठमाडाैं, वैशाख ९ : निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा पनि राज्य मौन रहेको भन्दै निर्माण व्यवसायीहरुले शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन्।
निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरुले खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन्।
महासंघका अध्यक्ष रवि सिंहले अहिले बजारमा भएको अप्रत्यासित मूल्यवृद्धिलाई सम्बोधन गर्न प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराउन ध्यानाकर्षण गराउदा पनि कुनै सम्बोधन नभएकाले बिरोधमा उत्रन बाध्य भएको बताए।
त्यस्तै बिमा निर्देशिकाले निर्माण व्यवसायीहरुको हित नगर्ने भएकाले पनि आफुहरुको बिमा समितिमा पनि धर्ना दिनुपरेको उहाले जानकारी दिए।
महासंघले आफुहरुको माग सम्बोधन नभएसम्म निरन्तर रुपमा विरोधका कार्यक्रमलाई जारी राख्ने जनाएको छ।











