Kathmandu Press

माओवादी केन्द्रबाट ललितपुर उपमहानगरको उपमेयरमा बज्राचार्य सिफारिस 

काठमाडौं, वैशाख ९ : नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराम बज्राचार्यलाई सिफारिस गरेको छ । शुक्रबार बसेको महानगर समितिको बैठकले बज्राचार्यको नाम...
माओवादी केन्द्रबाट ललितपुर उपमहानगरको उपमेयरमा बज्राचार्य सिफारिस 

काठमाडौं, वैशाख ९ : नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराम बज्राचार्यलाई सिफारिस गरेको छ । शुक्रबार बसेको महानगर समितिको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको हो। 

गठबन्धनको सहमति अनुसार मेयरमा भने कांग्रेसले उम्मेदवारी दिने छ । त्यसैले माओवादी केन्द्रले मेयरमा भने उम्मेदवार सिफारिस गरेको छैन। 

सहमति अनुसार माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मात्रै मेयरको उम्मेदवारी दिनेछ। भरतपुरमा रेनु दाहाल नै पुनः मेयरका उम्मेदवार बन्ने लगभग पक्कापक्की नै छ। 

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्