Kathmandu Press

विभिन्न कार्यक्रम गरी पृथ्वी दिवस मनाइँदै

काठमाडाैं, वैशाख ९ : विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ।दिवसको अवसरमा युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा...
विभिन्न कार्यक्रम गरी पृथ्वी दिवस मनाइँदै

काठमाडाैं, वैशाख ९ : विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ।

दिवसको अवसरमा युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा हरियाली बचाऔं भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन्। पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ।

Hardik ivf

बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ। जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन्। प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन्।

सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो। सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ।

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्