Kathmandu Press

आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्छ : प्रचण्ड

काठमाडाैं, वैशाख ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन्।नेपाल कम्युनिस्ट पार्टीको...
आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्छ : प्रचण्ड

काठमाडाैं, वैशाख ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवस तथा १ सय ५२औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइरहेको भन्दै माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताएका हुन्।

माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई बिभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियाबादी सत्ताको पुर्नप्राप्ती हुन सक्छ भन्नेहरु र फेरी निरंकुश लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाइ छ।

उनले हिजो विभाजित भएर गएका माओवादीमा पनि विभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गरे।

त्यस्तै उनले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकको तर्क गरे। अहिले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहे पनि नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दर कम्युनिस्टहरु त्यसको शिकार हुने खतरा रहेको उनले बताए।

प्रचण्डले एमाले भित्रका इमान्दार कम्युनिस्टहरुले गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्