Kathmandu Press

तिनाउ पाल्पाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका

तिनाउ पाल्पाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका
Hardik ivf

पाल्पा, वैशाख ९ : तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। 

तिनाउ जिल्लाकै पहिलो कोरोना –१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका  बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्रप्रसाद गिरीले बताए।  उनले कोरोना–१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए। 

गाउँपालिकाले १२ वर्षभन्दा माथि उमेरका व्यक्तिको खोज र खोप अभियान सञ्चालन तथा घरपरिवार, विद्यालय सर्वेक्षणलगायत मापदण्ड पूरा गरेर जिल्ला खोप समन्वय समिति,  खोप व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन प्रक्रिया पूरा गरेकाले उक्त गाउँपालिकालाई जिल्लाकै पहिलो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित  घोषणा गरिएको हो।
 
गत फागुन १२ देखि घोषणा अभियानका लागि विभिन्न सूचक पूरा गरेकाले कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चत भएको पालिका बनाउन सफल भएको प्रमुख गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए। उक्त गाउँपालिका कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित हुने ७५३ स्थानीय तहमध्येमा पाँचौँ र गाउँपालिकामध्ये दोस्रो भएको हो। 

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्