Kathmandu Press

विवेकशील पार्टीको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं, असोज २९ : विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी भएका छन्।

विवेकशीलको मंगलबार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षमा निर्वा....

विवेकशील पार्टीको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं, असोज २९ : विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी भएका छन्।

विवेकशीलको मंगलबार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षमा निर्वाचत भएका हुन्। उनले ५८ प्रतिशत मत पाएको विवेकशीलले जनाएको छ। उज्वल थापाले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो।

उनका प्रतिद्वन्द्वी शिवप्रसाद थापाले ३७ प्रतिशत मत पाएका छन्। विवेकशीलका पाँच प्रतिशत सदस्यले ‘नो भोट’मा मत दिएका छन्।

त्यस्तै, महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएको विवेकशीलले जनाएको छ। आज उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको निर्वाचन हुँदै छ।

असाेज २८ गतेदेखि जनकपुरमा सुरु भएकाे विवेकशीलकाे राष्ट्रय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।

 

 

प्रकाशित मिति: ११:१० बजे, बुधबार, असोज २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्