Kathmandu Press

७४ औं बर्षमा नेपालका कम्युनिष्ट पार्टीहरु 

काठमाडौं, वैशाख ९ : आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७४ औँ स्थापना दिवस । देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइँदै छ।२००६...
७४ औं बर्षमा नेपालका कम्युनिष्ट पार्टीहरु 

काठमाडौं, वैशाख ९ : आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७४ औँ स्थापना दिवस । देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइँदै छ।

२००६ साल वैशाख ९ गते अर्थात् आजकै दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो।

अहिले नेपालमा नेकपा एमाले, नेकपा माओवादी सहित करिब एक दर्जन कम्युनिष्ट पार्टी छन्। दिवसको अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ।

कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सार्ने लगायत कार्यक्रम गरेर एमालेले दिवस मनाउँदैछ।

 कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेले आजै स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गर्दैछ।
 

प्रकाशित मिति: ०८:२३ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्