प्रतिगमनको खतरा पूर्णतः अन्त्य भईसकेको छैन : प्रचण्ड
वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुगेपनि तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका हुन् ।
काठमाडौं, वैशाख ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको तर्क गरेका हुन् । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुगेपनि तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।’
उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको समेत उल्लेख गरेका छन् ।












