Kathmandu Press

महानिर्देशक टेड्रोसले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

काठमाडौं, वैशाख ९ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्दैछन्।नेपालको तीनदिने भ्रमणका क्रममा गेब्रेयससले...
महानिर्देशक टेड्रोसले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

काठमाडौं, वैशाख ९ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्दैछन्।

नेपालको तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लागेका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीवार दिउँसो काठमाडौँ आइपुगेका टेड्रोसले बिहीवार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री खतिवडासँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरका मानिसको जीवन बचाउन डब्लूएचओले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । 

प्रकाशित मिति: ०८:०५ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्