नेकपा सचिवालय बैठकमा सभामुखबारे छलफल
काठमाडौं, असोज २९ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। बैठकमा प्रतिनिधिसभाका सभामुखका विषयमा छलफल भइरहेको जनाएको छ।
....
काठमाडौं, असोज २९ : नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। बैठकमा प्रतिनिधिसभाका सभामुखका विषयमा छलफल भइरहेको जनाएको छ।
नेकपा एकताको बाँकीका कामका विषय टुङ्गयाउन सचिवालय बैठक बसेको हो। बैठकमा सरकारको समीक्षा पनि हुने जनाएको छ।
त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका विषय पनि बैठकको एजेन्डा बनेको छ।
यससँगै प्रतिनिधिसभाका सभामुखका विषयमा पनि छलफल भइरहेको जनाएको छ। बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका थिए। अहिले सभामुख पद रिक्त रहेको छ। त्यस विषयमा छलफल भइरहेको जनाएको छ।
प्रकाशित मिति: १०:४२ बजे, बुधबार, असोज २९, २०७६
थप समाचार






