Kathmandu Press

उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, वैशाख ९ : सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा...
उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, वैशाख ९ : सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उमेदवारको टुंगो लगाउने कग्रेसले जनाएको छ ।

कांग्रेसको विधान अनुसार महानगरको टिकट बितरण गर्ने केन्द्रीय संसदीय समिति गठन नभएकाले कार्यसम्पादन समितिबाट उम्मेदवार टुंगो लगाउन लागिएको हो। 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ । सोही समयसीमालाई मध्येनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । 

प्रकाशित मिति: ०७:३६ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्