Kathmandu Press

एमालेको केन्द्रीय कार्यालय आज सर्दै, निर्वाचनको घोषणा पत्र पनि सार्वजनिक गर्ने 

काठमाडौ, वैशाख ९ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।पार्टीको...
एमालेको केन्द्रीय कार्यालय आज सर्दै, निर्वाचनको घोषणा पत्र पनि सार्वजनिक गर्ने 

काठमाडौ, वैशाख ९ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।

पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुनेछ ।

यस्तै एमालेले आजै थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय पनि आज सार्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको हो ।

थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँगुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ ।  

प्रकाशित मिति: ०७:२० बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्