दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

दार्चुला, बैशाख ८ : दार्चुलामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
दार्चुलाकाे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा शान्तिपूर्ण र्याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र शिशाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताले बताएका छन।
झडपमा गाडीका शिशा फुटेकाे र केही एमालेका कार्यकर्ता घाइते भएका छन। घाइतेको टाउकोमा चोट लागेको छ।
नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ।
प्रकाशित मिति: २०:४९ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











