कांग्रेसले तोक्यो केन्द्रीय परिचालन समिति अन्तर्गतका उपसमितिहरुमा संयोजक
काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत गठित विभिन्न उपसमितिहरुमा संयोजक तोकेको छ ।नेपाली कांग्रेसका उपसभापति एवं...
काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत गठित विभिन्न उपसमितिहरुमा संयोजक तोकेको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख ०२, २०७९ को बैठकको निर्णय अनुसार केन्द्रीय परिचालन समिति अन्तर्गत गठित उपसमितिहरुमा संयोजकहरु मनोनयन गरेका हुन् ।
जसअनुसार भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य श्री सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमितिमा केन्द्रीय सदस्य प्रदिप पौडेल र शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य रहेका छन् ।
यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति मा केन्द्रीय सदस्य उदय शम्शेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा केन्द्रीय सदस्य जीतजंग वस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा केन्द्रीय सदस्य रामहरी खतिवडालाई संयोजक तोकिएको हो ।












