Kathmandu Press

डब्लूएचओ महानिर्देशकको भेटघाट तीब्र, बिहिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता हुने 

काठमाडौं, वैशाख ८ : नेपालको औपचारिक भ्रमणका आज काठमाडौं आईपुगेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस् र दक्षिण–पूर्वी एसियाकालागि...
डब्लूएचओ महानिर्देशकको भेटघाट तीब्र, बिहिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता हुने 

काठमाडौं, वैशाख ८ : नेपालको औपचारिक भ्रमणका आज काठमाडौं आईपुगेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस् र दक्षिण–पूर्वी एसियाकालागि क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले आज विभिन्न भेटघाट गरेका छन् । 

भ्रमणको पहिलो दिन आज नेपालस्थित कार्यालयका प्रमुख डा राजेश संभाजीराव पाण्डव र देशिय रणनीति तथा सहयोग विभागका निर्देशक डा. शम्भु आचार्य सम्मिलित विश्व स्वास्थ्य संगठनको नेतृत्व टोलीले माननीय स्वास्थ्यमन्त्री विरोध खतिवडा, माननीय परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेट गरेका हुन् । 

स्वास्थ्यमन्त्रीसँगको भेटमा महानिर्देशक टेड्रोसले विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्यअनुसार सन् २०२२ को मध्यसम्ममा कूल लक्षित जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउने उद्धेश्य हासिल गर्न नेपालले गरेको प्रयासको प्रशंसा गरेका थिए । डा टेड्रोसले नेपालको समग्र कोभिड–१९ महामारी प्रतिकार्य र स्वास्थ्यमा विश्वव्यापी पहुँच हासिलका लागि गरिएका प्रयासहरुको प्रशंसा पनि गरे । 

यस्तै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महानिर्देशक र क्षेत्रीय निर्देशकलाई अभिनन्दन गर्दै,विश्व स्वास्थ्य संगठनबाट नेपाललाई प्राप्त निरन्तर सहयोग तथा कोभिड–१९ महामारीको समयमा सांसदहरुसँग श्रृङ्खलाबद्ध अन्तरक्रियाहरु संचालन गर्न गरेको फलदायी सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।  

महानिर्देशक नेतृत्वको विश्व स्वास्थ्य संगठनको प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलले त्यसपछि एक स्थानिय विद्यालयमा गई जारी टाइफाइड कन्जुगेट खोप अभियानको अवलोकन गर्नुका साथै स्वास्थ्यसंस्थाहरुको भ्रमण गर्नेछ । महानिर्देशक टेड्रोस स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणामा नेपाल आएका हुन् । 

प्रकाशित मिति: २०:०३ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्