सत्तारुढ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक, स्थानीय तहका उम्मेदवार टुंगो लगाउने
काठमाडौं, वैशाख ८ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय...
काठमाडौं, वैशाख ८ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनको उम्मेदवार टुंगो लगाउने बुझिएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार केन्द्रीय समितिबाट टुंग्याउने निर्णय गरिसकेको छ ।
सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरको भागवण्डा भने यसअघि नै टुंगो लगाइसकेका छन् ।
प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











