Kathmandu Press

विभिन्न स्थानमा गरी ७ जनाको मृत्यु 

काठमाडौं, वैशाख ८ : देशका विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-६ जालि चोकस्थित गोलघरमा सोही उपमहानगरपालिका २...
विभिन्न स्थानमा गरी ७ जनाको मृत्यु 

काठमाडौं, वैशाख ८ : देशका विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा भेटिएका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका-६ जालि चोकस्थित गोलघरमा सोही उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने ३० वर्षीय मनोज जोशी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनको शव नजिकै सु.प.प्र.०१-०-१०प २५०८ नम्बरको मोटरसाइकल समेत पार्किङ गरी राखेको अवस्थामा फेला परेको छ ।

Hardik ivf

सल्यानको  शारदा नगरपालिका ११ हिउल्चा घर भई हाल सोही नगरपालिका १ श्रीनगरस्थित चाँदे होटलका संचालक ३४ वर्षीय प्रेमराज गिरी शारदा नगरपालिका १२ स्थित सामुदायिक वनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । होटलबाट मंगलबार बिहान कागती किन्न जान्छु भनि हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।

सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका १० भञ्ज्याङ बस्ने ५२ वर्षीया पम्फा कार्की घरबाट ६ सय मिटर टाढा बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका ६ पच्चिसकिलोस्थित चरङेखोलाको किनारामा सोही ठाउँ बस्ने ८५ वर्षीय बिल बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका ९ जन एकता चोकस्थित प्लाई फ्याक्ट्रीमा काम गर्ने भारत पुरनिया थाना बस्ने ४० वर्षीय राजेश कुमार महतो आफू सुत्ने कोठामै बिहीबार मृत अवस्थामा फेला परेका छन् । बर्दिया, राजापुर नगरपालिका ६ बिक्रमपुर बस्ने २६ वर्षीय गोपाल थारु सोही नगरपालिका ५ कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट बुधबार बेलुकी गाउँतर्फ गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त कुलोको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । म्याग्दी, धवलागिरि गाउँपालिका-४ मुदि थाम्लामा हाल नाम, थर, वतन नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्