Kathmandu Press

अक्सिजन प्लान्ट विस्फाेट घटनाबारे छानबिन गर्न समिति गठन

ललितपुर बैशाख ८ : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग,...
अक्सिजन प्लान्ट विस्फाेट घटनाबारे छानबिन गर्न समिति गठन
Hardik ivf

ललितपुर बैशाख ८ : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो। मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनको समय दिइएको मन्त्रालयले जनाएको छ। उक्त औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा आज बिहान १० बजे उद्योगको फिलिङ प्लान्टमा विस्फोट भएको थियो।

विस्फोट लगतै मन्त्री बडू, सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयका उच्च पदाधिकारीले तत्काल घटनास्थलमा पुगी घाइतेसँग भेटघाट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै मृतकका परिवारका सदस्यसँग भेटघाट गरी समवेदना व्यक्त गरेका थिए। उद्योगमा भएको विस्फोटको कारण हुन गएको क्षतीका बारेमा जानकारी लिदै मन्त्री वडूले मृतकका परिवारलाई तत्काल राहत र घाइतेहरुको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउने बताएका थिए। उनले उद्योगले अक्सिजन आपूर्ति गरिरहेका निकायलाई अक्सिजन ग्यासको सहज आपूर्तिको निरन्तरताका लागि ग्यास उत्पादन सङ्घलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्