Kathmandu Press

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीबारे छलफल

काठमाडाैं, वैशाख ८ : सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ।सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको...
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीबारे छलफल

काठमाडाैं, वैशाख ८ : सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए। उनले समग्र उम्मेद्वारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि बिशेष सुरक्षा योजनाका साथ अघि बढ्ने बिषयमा छलफल भएको जानकारी दिए।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा बिभिनन सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगाएतका प्रतिनिधिहरु सहभागी थिए । सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए।

उनले समग्र उम्मेद्वारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि बिशेष सुरक्षा योजनाका साथ अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा बिभिनन सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगाएतका प्रतिनिधिहरु सहभागी थिए। 

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्