एमालेले महानगर र उपमहानगर मेयर तथा उपमेयर उम्मेदवार शनिबार टुंगाे लगाउने
काठमाडाैं, वैशाख ८ : प्रमुख प्रतिपक्षी एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ।पार्टी अध्यक्ष केपी ओली निवास...
काठमाडाैं, वैशाख ८ : प्रमुख प्रतिपक्षी एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ।
पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको र यस बिषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उहाले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताए। गुरुङले भरतपुर महानगरबाट बिजय सुवेदी, बीरगंजबाट बिजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताए।
पोखराबाट १२ जनाको नाम आएको भन्दै उहाले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने उनले बताए।
गुरुङले शुक्रबार एमालेको कार्यालय तुलसीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणा पत्र पनि सार्वजनिक गर्ने जानकारी दिए।
त्यस्तै शुक्रबार नै १७ जना कम्युनिष्ट नेताहरुलाई एमालेले सम्मान गर्ने उनले बताए।











