Kathmandu Press

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, वैशाख ८ : नेपालमा बिहीबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ४ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ५६  जना निको भएका छन्।

हाल नेपालमा २ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्