Kathmandu Press

जुम्लामा निर्वाचन कार्यालय स्थापना

जुम्ला, वैशाख ८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका...
जुम्लामा निर्वाचन कार्यालय स्थापना

जुम्ला, वैशाख ८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। सदरमुकाम खलङ्गामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएका हुन्।

हरेक स्थानीय तहको पालिका केन्द्रमा निर्वाचन कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले बताए। उनले भने, 'निर्वाचन कार्यालय स्थापना भएसँगै स्थानीय तहको निर्वाचनको तयारी विधिवत रूपमा प्रारम्भ भएको छ।' निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैसँगको समन्वय र सहकार्य हुन आवश्यक देखिएको उनको भनाइ छ।

Hardik ivf

निर्वाचन आचारसंहितको सवालमा समेत अनुगमन हुने मुख्य निर्वाचन अधिकृत सिंहले बताए। जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्ला सुरक्षा समिति संवेदनशील बनेको बताए।

हरेक निर्वाचन कार्यालयको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। ४९६ कर्मचारी परिचालन निर्वाचनका लागि जिल्लाभर ४९६ कर्मचारी परिचालन हुने भएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्