डोटीमा सत्ता गठबन्धनबीच जुटेन सहमति
डोटी, वैशाख ८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयनका लागि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन। उमेदवारी...
डोटी, वैशाख ८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयनका लागि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन।
उमेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो। सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन्। जिल्लास्तरमा गठबन्धनका नेताबीचमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा केन्द्रलाई नै दिएको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बताP।
उनले भने, 'सहमतिका लागि पटकपटक बैठक राखिए पनि सहमति जुट्न सकेन। हामीले सहमति गर्न नसक्दा केन्द्रलाई जिम्मा दिएका छौ, केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था छैन।' सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको उनको भनाइ छ।
उता एकीकृत समाजवादीका डोटी जिल्ला उपाध्यक्ष शिवराज खड्काले कांग्रेस र माओवादीका बीचमा कुरा नमिलेका कारण गठबन्धनका नेताहरूबीच सहमति जुट्न नसकेको बताए।
उनले भने, 'हाम्रो तर्फबाट सहमतिका लागि कुनै समस्या छैन, कांग्रेस र माओवादीका केही साथीका कारण समस्या देखिएको हो, अब केन्द्रले समाधान गरेर गठबन्धन हुन्छ।' सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जिल्लाका नौवटा पालिकामध्ये दिपायल सिलगढी तथा शिखर नगरपालिकासहित सात पालिका र ४५ वडा तथा माओवादी केन्द्रले पनि दिपायल सिलगढी एक नगरपालिकासहित चार पालिका र ३४ वडा दाबी गरेपछि विवाद सिर्जना भएको बताइएको छ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीका अनुसार आफूले जिल्लाका दुई पालिका र १६ वडा मागेको जानकारी दिP। यस्तै राष्ट्रिय जनमोर्चाले तीन वडामा आफ्नो दाबी पेश गरेको छ।
यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौवटा स्थानीय तहमध्ये कांग्रेसले तीन र माओवादी केन्द्रले एउटा स्थानीय तहमा विजयी भएको थियो । नेकपा ९एमाले०ले भने पाँच स्थानीय तहमा विजयी गरेको थियो। यस आधारमा सत्ता गठबन्धनका मुख्य दल कांग्रेससँग तीन, माओवादीसँग एक र एकीकृत समाजवादीसँग एक स्थानीय तहको नेतृत्व कायम छ।











![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)
