Kathmandu Press

'५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापाइ सकियाे'

काठमाडाैं, वैशाख ८ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ।आज (बिहीबार) काठमाडौंमा आयोजित...
'५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापाइ सकियाे'

काठमाडाैं, वैशाख ८ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ।

आज (बिहीबार) काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रूत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिए। त्यस्तै बाजुरा, अछाम, सोलुखुम्बु, मुगु सहितका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने क्रम सुरु भइसकेको उहाले बताए।

सडक सञ्जाल जोडिएका स्थानमा सडक मार्गबाट र डोल्पा र मुगुमा भने द्रुत मार्ग वा हवाई मार्गबाट मतपत्र ढुवानी वैशाख १४ बाट सुरु हुने पौडेलले बताए।

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नको लागि ४४ वटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति दिइएको उल्लेख गरे। त्यस्तै उहाले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए।

पर्यवेक्षकले पर्यवेक्षण गरेको प्रतिवेदन ३० दिन भित्र आयोगमा पेस गर्नु पर्ने पौडेलले बताए। 

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्