Kathmandu Press

गठबन्धन कुनै हालतमा पनि बचाउनु आवश्यक : प्रचण्ड

काठमाडौं, वैशाख ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूबीचको गठबन्धन कुनै हालतमा पनि बचाउनुपर्ने आवश्यकता रहेकाे बताएका छन्।आज (बिहीबार) कैलालीमा...
गठबन्धन कुनै हालतमा पनि बचाउनु आवश्यक : प्रचण्ड

काठमाडौं, वैशाख ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूबीचको गठबन्धन कुनै हालतमा पनि बचाउनुपर्ने आवश्यकता रहेकाे बताएका छन्।

आज (बिहीबार) कैलालीमा आयोजित पार्टी कार्यक्रममा उनले गठबन्धन भाँड्न अनेक षड्यन्त्र भएको बताउँदै त्यसता प्रयास सफल हुन नदिई गठबन्धनलाई बचाएर लानुपर्नेमा जोड दिएका हुन्। गठबन्धन भत्काउने प्रयासलार्ई अहिलेसम्म असफल पार्दै आएको उनले बताए।

त्यसका लागि तालमेलका लागि आवश्यक परेको ठाउँमा लचक हुन कार्यकर्तालाई निर्देशन दिए। तालमेलका लागि आफूले धेरै मेहनत गरेको उनको भनाइ थियो।

महानगर र उपमहानगरमा सहमति हुनुअघिसम्म पनि तालमेल हुन निदने षड्यन्त्र भइ नै रहेकाे उनले स्मरण गरे। ‘धेरै ठुलो मेहनत र छलफलपछि महानगर र उपमहानगरमा तालमेल गरिएको छ,’ उनले भने।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्