Kathmandu Press

स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडाैं, वैशाख ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन्। बोआओ फोरम फर एसियाको वार्षिक...
स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडाैं, वैशाख ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिएकी छन्। 

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज (बिहीबार) भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याइन्। 

राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार सहयोग ‘प्याकेज’ ल्याउन विशेष अपिल पनि गरिन्। 

विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीलाई पार लगाउन राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोगको आवश्यकतामा जोड दिँदै उनले प्रत्येक राष्ट्रको हितका लागि समग्र क्षेत्र, समग्र विश्वको दृष्टिकोणलाई अघि बढाउन आह्वान गरिन्। 

जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे चर्चा गर्दै विश्वको तामक्रम वृद्धि रोक्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताको अक्षरसः कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीले सबै देशलाई आग्रह गरिन्।

एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलन यही वैशाख ७ देखि ९ गतेसम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा परः विश्वव्यापी विकास र साझा भविष्यका लागि सहकार्य’ नाराका साथ जारी छ। 

राष्ट्रपति भण्डारीले मञ्चमा भएको छलफलबाट देशहरूलाई महामारी नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न तथा आर्थिक पुनरुत्थान हासिल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्