Kathmandu Press

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडाैं, वैशाख ८ : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै छ।मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना हुनुभएका...
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडाैं, वैशाख ८ : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै छ।

मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना हुनुभएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए। उनले केही समयमा नै डिष्चार्ज गरिने बताए।

जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत छन्। 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्