Kathmandu Press

कांग्रेसले हाप्सिलो बोकेर हिँडेको छ, त्यसले कांग्रेसलाई नै सिध्याउँछ : केपी

काठमाडाैं, वैशाख ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराब प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन्।बिहीबार काठमाडौंमा एमाले केन्द्रीय...
कांग्रेसले हाप्सिलो बोकेर हिँडेको छ, त्यसले कांग्रेसलाई नै सिध्याउँछ : केपी

काठमाडाैं, वैशाख ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराब प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन्।

बिहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिध्याउने बताएका हुन्।

पाँच दलीय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उद्देश्य एमाले र ओलीप्रति लक्षित भएको उनको भनाय थियाे। त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरुलाई निर्देशन दिए।

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनको भनाइ थियाे। ओलीले एमालेले हरेक समयमा ठिक निर्णय गर्दै अघि बढेको धारणा राखे। उनले परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए। 

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुलाई शपथ खुवाइएको थियो।

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्