Kathmandu Press

अक्सिजन प्लान्ट विस्फोट : थप एक भारतीय नागरिककाे मृत्यु

ललितपुर, वैशाख ८ : ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। आज (बिहीबार) अक्सिजन ग्यास भर्ने क्रममा बिहान १० बजेको...
अक्सिजन प्लान्ट विस्फोट : थप एक भारतीय नागरिककाे मृत्यु

ललितपुर, वैशाख ८ : ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। 

आज (बिहीबार) अक्सिजन ग्यास भर्ने क्रममा बिहान १० बजेको हाराहारीमा भएको सिलिन्डर विस्फोटमा भारतीय नागरिक ४५ वर्षीय वृज महतोको घटनास्थलमै मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएका सातजनालाई पाटन अस्पताल लगिएको थियो। तीमध्ये गम्भीर घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु  हुने अर्का व्यक्ति भारतीय नागरिक २५ वर्षीय राजकुमार महतो रहेको प्रहरीले जनाएको छ। उनको पौने २ बजे मृत्यु भएको प्रहरीको भनाय छ।

अरु ६ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। 

विस्फोटमा परी घाइते हुनेमा पर्सा घर भई अक्सिजन प्लान्टमा कार्यरत ४३ वर्षीय रमेश अधिकारी, ललितपुरको महालक्ष्मी नगरपालिका–८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिकाका १९ वर्षीय सुदीप तिमल्सिना, महांकाल गाउँपालिकाका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगाकी २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरी नगरपालिकाका ४९ वर्षीय गंगाराज शर्मा रहेको एसपी शाहले बताए।

पाटन औधोगिक क्षेत्रमा रहेको प्लान्ट विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्