Kathmandu Press

सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

चितवन, वैशाख ८ : निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य निर्वाचन...
सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

चितवन, वैशाख ८ : निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० कर्मचारी खटिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा नौजनाका दरले कर्मचारी रहनेछन्।

आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाएको छ। निर्वाचन अधिकृतका रूपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव सरस्वती पौडेललाई खटाइएको छ।

राप्तीमा महान्यायधिवक्ताको कार्यालयका श्यामप्रसाद दाहाल, कालिकामा जिल्ला उपन्यायाधीवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चूडामणि शर्मा गौतम र इच्छा कामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ।

निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतलाई वैशाख १ र २ गते आयोगले तालिम दिएको कार्कीले जानकारी दिए। कार्यालयहरूले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने छन्।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्