Kathmandu Press

निमन्त्रणा कार्ड प्राप्त नभए पनि चियापानमा आउनू : महासचिव पौडेल


काठमाडौं, असोज २८ : नेकपा महासचिव विष्णु पौडेलले निमन्त्रणा कार्ड प्राप्त नभएको भए पनि चियापान समारोहमा उपस्थित हुन निमन्त्रणा गरेका छन् ....

निमन्त्रणा कार्ड प्राप्त नभए पनि चियापानमा आउनू : महासचिव पौडेल
फाइल फोटो


काठमाडौं, असोज २८ : नेकपा महासचिव विष्णु पौडेलले निमन्त्रणा कार्ड प्राप्त नभएको भए पनि चियापान समारोहमा उपस्थित हुन निमन्त्रणा गरेका छन् । मंगलबार अपरान्ह काठमाडौंको भृकुटीमण्डपमा दिउँसो ३–५ बजे आयोजना गरिएको चियापानका लागि उनले यस्तो आमन्त्रण गरेका हुन् ।

महासचिव पौडेलले सोमबार विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘हाम्रो पार्टीको तर्फबाट प्रेषित निमन्त्रणा–पत्र प्राप्त हुन नसकेको भएमा पनि उक्त शुभकामना आदान– प्रदान तथा चियापान कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्बद्ध सबैमा हार्दिक निमन्त्रणा गर्दछु ।’

एमालेका तत्कालीन अध्यक्ष मनमाेहन अधिकारीले चियापानकाे संस्कृति सुरु गरेका हुन् । यसैकाे निरन्तरता स्वरुप  नेकपाले सदाझैं यस वर्ष पनि बडादसैँ, तिहार, नेपाल संवत्– ११४०, छठलगायत समस्त नेपाली चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । 

उक्त चियापानमा विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसद्हरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजमा सदियौंदेखि चलिआएका चाडपर्वहरूले समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्दै आएका छन् । नेपाली–नेपालीबीचको आपसी एकता, सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतालाई प्रवद्र्धन गरिरहेका छन् ।’ 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्