Kathmandu Press

काठमाडौं मेयरका लागि कांग्रेसबाट पाँचजनाको नाम सिफारिस

कांग्रेस महानगर समितिले उपमेयरका लागि समेत दुईजनाको नाम सिफारिस गरेको छ।
काठमाडौं मेयरका लागि कांग्रेसबाट पाँचजनाको नाम सिफारिस

काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम वाग्मती प्रदेश समितिमा सिफारिस गरेको छ।

बुधबार बसेको नगर समिति बैठकले मेयर उम्मेदवारका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो। 

महानगर समितिका सभापतिसमेत रहेका नीलकाजी शाक्य काठमाडौं-२५ का वडाध्यक्ष हुन्  भने सिर्जना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन्।

हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाकी उपमेयर हुन्। सुशन वैद्य महानगर समितिका सचिव हुन्। प्रगतिमान रञ्जित महानगर समिति सभापतिमा पराजित भएका नेता हुन्।

सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने तय भएको छ।

तथापि कांग्रेस महानगर समितिले उपमेयरका लागि समेत दुईजनाको नाम सिफारिस गरेको छ। उपमेयरका लागि सिफरिसमा पर्नेहरू सुशीला ढकाल र प्राध्यापक डा. अमिता प्रधान शाक्य रहेका छन्। 

उपसभापति सन्तकुमार महर्जन र सचिव पुरूषाेत्तम खकुरेलकाे हस्ताक्षरमा प्रदेश सभापति इन्द्रबहादुर बािनयाँलालाई सम्बाेधन गरेर उम्मेदवार सिफारिस गरिएकाे  हाे।

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्