Kathmandu Press

डब्लुएचओका महानिर्देशक काठमाडाैं आइपुगे

काठमाडौं, वैशाख ८ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहीबार) नेपाल आइपुगेका छन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक...
डब्लुएचओका महानिर्देशक काठमाडाैं आइपुगे

काठमाडौं, वैशाख ८ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहीबार) नेपाल आइपुगेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी तीनदिने नेपालको भ्रमणका क्रममा आज दिउँसो साढे १२ बजेतिर काठमाडौं आएका हुन्।

उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतका अधिकारीले स्वागत गरे । 

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरूसमेत छन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्।

उनले आजै अपरान्ह ३ बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

 उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने जनाइएकाे छ। उनी वैशाख १० गते फर्किनेछन्।

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्