Kathmandu Press

सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं, वैशाख ८ : सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ।स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको आज (बिहीबार) बसेको...
सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं, वैशाख ८ : सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ।

स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको आज (बिहीबार) बसेको बैठकले यही वैशाख १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो।

चुनावी सभा सुदूरपश्चिमको धनगढी र कर्णलीको सुर्खेतमा १८ गते, लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा १९ गते जनकपुर र विराटनगरमा २० गते गरिने समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले बताए।

त्यस्तै वाग्मती प्रदेशको सभा भने संघीय राजधानी काठमाडौंमा २२ गते गरिने जनाइएको छ।

चुनावी सभालाई गठबन्धन दलका शीर्ष नेताहरू ५ जना र निर्वाचन तयारी तथा अनुगमन समिति संयाेजक रामचन्द्र पाैडेलले सम्बोधन गर्ने जोशीले जानकारी दिए।

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्