Kathmandu Press

क्षेत्री समाज राष्ट्रिय महासंघले सिञ्जामा खस सम्मेलन गर्ने

काठमाडौं, वैशाख ८ : क्षेत्री समाज राष्ट्रिय महासंघले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।आगामी जेठ १३ र १४ गते...
क्षेत्री समाज राष्ट्रिय महासंघले सिञ्जामा खस सम्मेलन गर्ने

काठमाडौं, वैशाख ८ : क्षेत्री समाज राष्ट्रिय महासंघले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिए।

Hardik ivf

सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’ र ‘सनातन हिन्दू धर्म’ विषयमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी र छलफलसमेत गर्ने कार्यक्रम रहेको उनले सुनाए।

खस, क्षेत्रीको पहिचान, वेषभूषा, धर्म, संस्कृतिका बारेमा मुलुकका विभिन्न स्थानमा रहेका मौलिकताको खोज, अनुसन्धान गर्ने क्रममा नेपाली भाषा एवं खस क्षेत्रीको आदिभूमि जुम्लाको सिञ्जामा कार्यक्रम गर्न लागिएको महासङ्घले जनाएको छ।

सम्मेलनमा प्रा डा सुरेन्द्र केसी, प्रा‍‍‍.डा. रामचन्द्र गौतम र वरिष्ठ पत्रकार प्रेम कैदीलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्