सुनको मूल्य प्रतितोला रु. ३०० ले बढ्यो
काठमाडाैं, वैशाख ८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ। पहेँलो धातु...
काठमाडाैं, वैशाख ८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक १०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५ ले घटेर रु. १ हजार ३ सय ८० मा आएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ९ सय ५२ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











