Kathmandu Press

चीनियाँ राष्ट्रपतिको भ्रमण नेपालको विकासमा कोशेढुङ्गा : नेकपा विदेश विभाग

काठमाडौं, असोज २८ः नेकपा विदेश मामिला विभागले चीनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

विभागको सोमबार बसेको ....

चीनियाँ राष्ट्रपतिको भ्रमण नेपालको विकासमा कोशेढुङ्गा : नेकपा विदेश विभाग
विष्णु रिजालकाे फेसबुक ।

काठमाडौं, असोज २८ः नेकपा विदेश मामिला विभागले चीनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

विभागको सोमबार बसेको बैठकले राष्ट्रपति सीको भ्रमण दीर्घकालीन महत्व र नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालेको हो ।

बैठकमा विभाग प्रमुख माधवकुमार नेपालले भने, ‘यस भ्रमणले नेपालको अन्तर्रा्ष्ट्रिय प्रतिष्ठा र महत्व बढाएको छ । यसबाट नेपालले लाभ लिनुपर्छ ।’

बैठकमा विभागका उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मातृका पौड्यालले भ्रमणका विविध पाटामा आफ्ना विश्लेषण प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्