अक्सिजन प्लान्ट विस्फोट : मृतक तथा घाइतेका परिवारलाई सहयोग गर्ने उद्योगमन्त्रीकाे आश्वासन
ललितपुर, वैशाख ८ : घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा परी मृत्यु र घाइते भएकाहरूको परिवारलाई आवश्यक सहयोग गर्ने बताएका...
ललितपुर, वैशाख ८ : घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा परी मृत्यु र घाइते भएकाहरूको परिवारलाई आवश्यक सहयोग गर्ने बताएका छन्।
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा विस्फोट भएको क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले मृतक र घाइतेका परिवारलाई भेट्ने र सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन्।
उनले उक्त घटनाप्रति दुःख व्यक्त गरे। उनले अक्सिजन सिलिन्डर नै वस्फिोट हुने घटना नौलो भएको बताउँदै त्यसबारे अनुसन्धान गरिने जानकारी दिए।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पनि अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।
आज (बिहीबार) बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफिल गर्ने क्रममा सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेको प्रहरीले जनाएको छ।
बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्ण रुपमा ध्वस्त भएको छ भने नजिकका घरहरुमा पनि क्षति पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धीविक्रम शाहले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।











